Logo

ग्यासको भाउ २५ रुपैयाँ बढ्यो

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ वृद्धि गरेको छ । निगलमे सोमबार ग्यासहित सवैखाले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले राती १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाउने निर्णय गरेको हो । निगम प्रवक्ता वीरेन्द्र गोइतका अनुसार डिजेल, पेट्रोल र मटीतेलको मूल्य प्रतिलिटर एक-एक रुपैयाँ बढेको छ । उनका अनुसार हवाई इन्धनमध्ये आन्तरिकमा प्रतिलिरटमा तीन रुपैयाँ र बाह्यमा प्रतिकिलोलिटरमा ५० डलर मूल्य बढेको छ ।
इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले सोमबार पठाएको नयाँ मूल्यअनुसार सवै पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमले जानकारी दिएको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय २ रुपैयाँ पुगेको छ भने डिजेल-मटीतेल प्रतिलिटर ७९ रुपैयाँ पुगेको छ । एलपी ग्यास प्रतिलिटर १ हजार ३ सय ७५ रुपैयाँ पुगेको छ । यस्तै, हवाई इन्धन आन्तरिक प्रतिलिटर ९० रुपैयाँ पुगेको छ । मूल्य समायोजनपछि पनि निगमलाई अझै मासिक २६ करोड ४० लाख रुपैयाँ घाटा छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दै गएको छ । आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा मूल्य पठाउने गर्छ । सोहीअनुसार निगमले स्थानीय बजारमा मूल्य समायोजन गदै आएको छ । स्वचालित मूल्यअनुसार इन्धनको मूल्य समायोजन गरिएको निगमले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्