ट्रम्पको भाषणप्रति सबैले खिल्ली उडाए «

ट्रम्पको भाषणप्रति सबैले खिल्ली उडाए

संयुक्त राष्ट्र संघ-ट्रम्पले इरानप्रति गरेको टिप्पणी सुनेर महासभामा उपस्थित सबैले उनको खिल्ली उडाएका छन् । उनले इरानसँग परमाणु सम्झौता रद्ध गर्ने आफ्नो फैसलाको बचाउ पनि गरेका छन् ।
उनले भनेका छन्,“इरानको नेतृत्वले आफ्नो छिमेकी मुलुक, उनीहरुको सीमा तथा संप्रभुताको सम्मान गर्दैन । इरानका नेता देशको स्रोत साधनको प्रयोग आफु लाई धनी बनाउनका लागि र मध्यपूर्वमा वितण्डा मच्चाउनका लागि गरिरहेको छ,” उनले भने ।
आफ्नो प्रशाशनतले अमेरिकी इतिहासमै कोही अन्यको तुनलामा धेरै काम गरेको पनि बताए ।
उनको यो कुरा सुनेर शभामा उपस्थित अन्य मानिस हास्न थालेका थिए ।
अन्य मानिसको हासो सुनेर ट्रम्प पनि हासे र भने,“मैल यस किसिमको प्रतिक्रियाको आशा गरेको थिइन् ।” यसपछि उनले झन जोड दिएर भनेकि अमेरिका यो भन्दा पहिले यो भन्दा मजबुत कहिले पनि थिएन । धनी र सुरक्षित पनि नभएको उनले बताए ।

उत्तर कोरियाप्रति नरम र चीनप्रति कडा
ट्रम्पले उत्तर कोरियाप्रति नरम तथा चीनसँगको कडा सम्बन्धको पनि बचाउ गरेका गरेका छन् ।
यी सारा कुराका बावजुद ट्रम्पले भाषणको निचोडमा विश्वमा अमेरिका आफ्नो हिसाबले चल्ने अधिकारको वकालत गरेका थिए ।
उनले भने,“म सबै देशको परम्परता, विश्वास तथा रीति रिवाज मान्ने अधिकारको सम्मान गर्छु । अमेरिकाले तपाई कस्तो हुनुपर्छ भनेर बताउदैन । कसरी काम गर्ने, कस्को पुजा गर्ने केही पनि अमेरिकाले निर्धारण गर्दैन । म यत्ति चाहन्छु कि यसको बदलामा तपाइले हाम्रो संप्रभुताको पनि सम्मान गर्नु हुनेछ ।”
ट्रम्पको भाषणपछि फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोले आफु ले संप्रभुताको सिद्धान्त मान्न कहिले पनि अस्वीकार नगरेको तर यसलाई हतियारको जस्तो प्रयोग गर्न नहुने बताए ।
यो विषयमा बातचित तथा संवाद हुनु आवश्यक भएको म्याक्रोले बताए । “म संप्रभुतालाई ती राष्ट्रवादीको हातमा छोड्दिन जो हाम्रै बिरुद्ध यसको प्रयोग गर्नेछन्,” उनले भने ।
आफु सबैभन्दा बलियाले बनाएको कानुनप्रति एकिन नगर्ने उनले बताए ।
उनले भने,“म विश्वव्यापी सन्तुलनमा एकिन गर्छु । २१ औं शताव्दीमा म मजबुत बहुपक्षिय व्यावहारको बिना जिउन सक्दिन ।”

प्रतिक्रिया दिनुहोस्