ट्रम्पले किमलाई भने ‘थ्यांक यू’ «

ट्रम्पले किमलाई भने ‘थ्यांक यू’

संयुक्त राष्ट्र संघ-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किम जोङ उनलाई धन्यवाद भनेका छन् । कोरियाली प्रायद्विपमा परमाणु हतियार मुक्त गर्ने दिशामा किमले उठाएको कदमप्रति ट्रम्पले सराहाना गर्दै ‘थ्यांक यू’ भनेका हुन् । करिब १ वर्ष पहिले ट्रम्पले उत्तर कोरियालाई पुरै नष्ट गर्ने धम्की दिएका थिए ।
ट्रम्पले संयुक्त राष्ट्र संघको आफ्नो दोस्रो सम्बोधनमा भनेका छन्,“गत १ वर्षको अवधिमा दक्षिण कोरिया, जापान तथा चीन जस्ता कैयौ मुलुकको समर्थनमा अमेरिकाले उत्तर कोरियासँग वार्ता गरेको थियो । जसको माध्यमबाट शान्ति मिल्ने अपेक्षा गरिएको थियो ।” ट्रम्पले सिंगापरमा जुन महिनामा उत्तर कोरियाली नेतासँग आफ्नो शिखर सम्मेलन समेत गरेका थिए । उक्त समयको वार्ता सार्थक रहेको उनले बताए । उनले कोरियाली प्रायद्विलाई परमाणु हतियारबाट मुक्त गर्नु दुवै देशका लागि फाइदाजनक भएको पनि बताएका छन्।
यसै महिना दक्षिण कोरियाका राष्ट्रपतिले उत्तर कोरियाको भ्रमण समेत गरेका थिए । याहाँ दुवै देशबीच कैयौ विषयमा सहमती कायम भएको थियो तथा उत्तर कोरियाले परमाणु निसस्त्रीकरणको दिशामा ठूलो कदम उठाउने घोषणा समेत गरेको थियो । यो घोषणापछि ह्वाइट हाउसद्वारा जारी बयानमा ट्रम्प र किमबीचको दोस्रो वार्ता सम्भव भएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्