भाडा बृद्धिको विरोधमा देशभर नेविसंघको चक्काजाम «

भाडा बृद्धिको विरोधमा देशभर नेविसंघको चक्काजाम

नेपाल विद्यार्थी संघले दसैंको मुखैमा सार्वजनिक यातायातको भाडा बृद्धि गरेको भन्दै तत्काल फिर्ता गर्न माग गर्दै आन्दोलन सुरु गरेको छ ।
दसैंको मुखमा सिन्डिकेटलाई प्रोत्सहान गर्ने गरी सरकारले भाडा बृद्धि गरेको भन्दै तत्काल फिर्ता लिन माग गर्दै आज देशभरका क्याम्पस अगाडी एक घन्टा चक्का जाम गर्ने भएको छ । नेपाल विद्यार्थी संघ केन्द्रिय कार्य समितिले देश भरका क्याम्पसमा विहान ९ देखि १० बजेसम्म चक्का जाम गर्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ ।
नेविसंघले आन्दोलन घोषणा गरेसंगै प्रत्येक क्याम्पस अगाडी ठुलो संख्यामा सुरक्षा कर्मी खटाइएको छ । आज एक दिन सांकेतिक भएको र बिहिबार देखी अन्य शसक्त आन्दोलनका कार्यक्रम रहेको नेविसंघका महामन्त्री कुन्दन काफ्लले जानकारी दिए ।
‘वर्तमान सरकारले जनतालाई महंगीको मारमा पार्ने गरी १० प्रतिशत भाडा बृद्धि तत्काल फिर्ता लिन नेविसंघले माग गरेको छ,’ संघका महामन्त्री काफ्लेले भने ।
विगतमा सिन्डिकेट तोडे भनेर ध्वास दिएको सरकारलेनै सिन्डिकेट व्युताउनेगरी व्यवसायीको हितमा भाडा बृद्धि गरिएको महामन्त्री काफ्लेको आरोप छ ।
सरकारले यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि शनिवार राती १० प्रतिशत भाडा बढाउने सहमति गरेको हो ।
हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए ।
इन्धिनको मूल्य फिर्ता लिनुको सट्टा भाडा बढाउनुले ओली सरकार जनता माझ नाङिएको समेत आरोप महामन्त्री काफ्लेले लगाए । ‘यो भाडा बृद्धि तत्काल फिर्ता नभएर देशभर नेविसंघ आन्दोलित हुन्छ र फिर्ता गर्न बाध्य पार्छ,’ काफ्लेले भने ।

प्रतिक्रिया दिनुहोस्