एनबीआई तथा एनएमबी बैंकबीच सम्झौता

नेसनल बैंकिङ इन्स्टिच्युट (एनबीआई) र एनएमबी बैंकबीच शुक्रबार तालिम कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार एनबीआईले एनएमबी बैंकका कर्मचारीहरूको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरू उपलब्ध गराउने जनाएको छ । सम्झौताअनुसार एनएमबी बैंकले आफ्नो कर्मचारीहरूका लागि नेसनल बैंकिङ इन्स्टिच्युटबाट न्यूनतम ५० लाख रुपैयाँबराबर रकमको वार्षिक तालिम सञ्चालन गर्छ । उक्त सम्झौतापत्रमा एनएमबी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र नेसनल बैंकिङ इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाबीच हस्ताक्षर भएको छ ।