आईएमई र बोता मःमबीच सम्झौता «

आईएमई र बोता मःमबीच सम्झौता

काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आईएमई लिमिटेड र चुनदेवीमार्ग गणेश वस्ती महाराजगन्ज काठमाडौंमा अवस्थित बोता मःमबीच सम्झौता भएको छ । सम्झौताअनुसार आईएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले बोता मःममा १५ प्रतिशत विशेष छुट पाउनुहुनेछ । काठमाडौंमा चार (४), ललितपुरमा एक (१) र भक्तपुरमा आउँदै गरेको एक (१) सहित कुल छ (६) आउटलेटरहेको बोता मःमका सबै आउटलेटमा यो सम्झौता लागू हुनेछ ।
यो सुविधालिनका लागि आईएमईले प्रदान गरेको आईएमई प्रिभिलेज कार्ड आउटलेटमा देखाउनुपर्नेछ । सम्झौतापत्रमा आइएमई लिमिटेडका तर्फबाट व्यापार प्रवद्र्धन अधिकृत अविनाश श्रेष्ठ र बोता मःमको तर्फबाट अपरेसन इन्चार्ज बिजीन प्रधानले हस्ताक्षर गरेका छन् । यो सम्झौता आज (सोमबार) देखि दुई वर्षसम्मका लागि लागू हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्