Logo

राफेल र एस–४०० मिसाइलले पनि चीन–पाकिस्तानसँग लड्न सकिदैनः भारतीय वायुसेना प्रमुख

नयाँ दिल्ली-भारतीय वायुसेनाका प्रमुख बीएस धनोआले लडाकु विमान राफेल तथा रुसको मिसाइल प्रतिरक्षा प्रणालीले देशको लडाकु क्षमतामा वृद्धि हुने बताएका छन् । सरकारले फ्रान्सको राफेल लडाकु विमान खरिद गर्ने फैसला सही भएको पनि उनले बताएका छन् । धनोआले भनेका छन्,“उच्च क्षमताको राफेल फाइटर यसका लागि आवश्यक छ कि हाम्रो मध्यम प्रविधिको क्षमता भएको तेजसले एक्लै सुरक्षा गर्न सक्दैन ।”
भारतसँग लडाकु विमानको ४२ टुकडी भएपनि पाकिस्तान तथा चीनको सक्तिको मुकाविला गर्न नसकिने उनले बताए ।
भारतीय वायु सेनाको तेजसमा व्यापक लगानी गरिएको प्रमुखको भनाई थियो । उनले तेजस मार्क–२ विमानको १२ टुकडि ल्याउयने बारेमा सोच बिचार भइरहेको बताए । तर यो भन्दा पहिले १२३ मार्क–१ तेजस ल्याइने दावी उनले गरे ।
भारतभन्दा धेरै शक्तिशाली चीन–पाकिस्तान
धनोआका अनुसार विश्वमा २ देशहरु दक्षिण कोरिया र इजरायल मात्र आफ्नो–आफ्नो क्षेत्रमा भारतको जस्तै खतराको सामना गरिरहेका छन् । तर यी मुलुकहरुले आफ्नो वायु सेनालाई धेरैनै शक्तिशाली बनाएका छन् । भारतका दुश्मनहरुको इच्छा रातारात बदलिन सक्छ । त्यसैले भारतलाई यी बिरोधीहरुको बराबर हुन आवश्यक छ । १० भन्दा कमको लडाकु टुकडी भारतका लागि सबैभन्दा ठूलो चुनौती भएको धारणा उनले राखे ।
पाकिस्तानसँग २० टुकडी रहेको छ । जसमा अमेरिकाको एफ–१६ र चीनको जे–१७ लडाकु विमान रहेका छन् । चीनसँग १ हजार ७ सय लडाकु विमान छ । यस मध्येमा पनि ८ सय चौथो पुस्ताको लडाकु विमान रहेका छन् । भारतसँग ४२ वटा स्वीकृत टुकडीको ठाउँमा ३१ मात्र लडाकु टुकडी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्