Logo

चीनमा भीडमा कार घुसाउदा ९ को मृत्यू

बेइजिङ-चीनको हुनान प्रान्तको हेङडाङ काउन्टीमा एक व्यक्तिले भिडमाडयुक्त क्षेत्रमा कार घुसाएर मानिसलाई कुल्चदा ९ को मृत्यू भएको छ । उक्त घटनामा ४६ जना घाइते भएका छन् । प्रहरीले संदिग्ध चालकलाई गिरफ्तार गरेको छ । प्रहरीले घटनाको जाँच गरिरहेको छ । यद्यपि यो घटनालाई आतंकवादी गतिविधिसँग जोडिएको छैन ।
बेइजिङ युथ डेलीका अनुसार ५४ वर्षका आरोपीको नाम याङ जेनयुन रहेको छ । उनी हेङडाङ काउन्टीकै हुन् । याङले यो भन्दा पहिले पनि कैयौ घटनामा सजाय काटिसकेका छन् ।
विगतका वर्षहरुमा चीनमा हिंसात्मक घटनाहरु जस्तै बमबारी, बस तथा भवनहरुमा आगजनी जस्ता घटनाहरुमा वृद्धि भइरहेको छ । कैयौ पटक मानिसले व्यक्तिगत कारण वा समाजसँग आक्रोशित भएर हिंसात्मक गतिविधि गर्दै आएका छन् ।
कहिलेकाही घटनामा आतंकवादीको हात रहदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्