एनएमबीको तलब खाताको उत्साहजनक सहभागिता «

एनएमबीको तलब खाताको उत्साहजनक सहभागिता

 कर्मचारीहरूलाई लक्षित गर्दै सर्वाधिक ब्याजदर दिने गरी ल्याइएको एनएमबी तलब खाताले नेपालभरि उत्साहजनक सहभागिता हासिल गरेको छ । ७ प्रतिशत उच्च ब्याजदर प्रदान गरिने यस खातामा बैंकले विभिन्न सुविधाहरू निःशुल्क उपलब्ध गराएको छ, जसमध्ये एक एनएमबी डिलाइट कार्ड पनि हो जसबाट खातावालाहरूले देशभर छरिएर रहेका जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क नलाग्नुका साथै ५ लाख रुपैयाँसम्मको दुर्घटना बिमाको सुविधासमेत यो खातामा छ ।
“नेपाल सरकारको हरेक कर्मचारीको एक तलब खाता’ हुनुपर्ने नियम राजपत्रमा प्रकाशित गरेर अनिवार्य भएसँगै सर्वश्रेष्ठ सुविधाहरू सम्पत्र तलब खाता ल्याउने एनएमबी पहिलो बैंक हो । एनएमबी तलब खाताले बजारमा पाएको सकारात्मक प्रतिक्रियाले हामी निकै उत्साहित छौ र निकट भविष्यमा पनि यस्तै सुविधायुक्त सेवाहरू बजारमा ल्याउन थप प्रोत्साहित भएका छौं,” एनएमबीले जनाएको छ । एनएमबी तलब खाता देशको दिगो अर्थतन्त्रका खातिर योगदान पुराइ रहेका लाखौं लाख तलबी जनशक्तिहरू प्रति बैंकद्वारा प्रदत्त एक सम्मान हो ।” बैंकद्वारा प्रकाशित प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्