Logo

जनता बैकको सहयोग हस्तान्तरण

जनता बैकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेप्लीज पार्किन्सन डिजिज एसोसिएसनलाई ब्ययाम मेसिन हस्तान्तरण गरेको छ । पार्किन्सन रोगीहरुलाई परामर्श तथा उपचारमा सहयोग पुराउने उद्देश्यले स्थापना गरिएको नेप्लीज पार्किन्सन डिजिज एसोसिएसनका बिरामीहरुको व्यायाम सुविधाका लागि उक्त मेशिन हस्तान्तरण गरिएको हो । बैंकका सहायक महाप्रबन्धक तथा काठमाडौं क्षेत्रीय प्रमुख कल्याण पाँडेले एसोशिएसनका अध्यक्ष रत्न राजेश्वरी थापालाई उक्त मेशिन हस्तान्तरण गरेका थिए । मेसिन हस्तान्तरणको अवसरमा सस्थाका महासचिव मुनाल सुवेदीले पार्किन्सन रोगीहरु पनि समाजका अंग भएकोले उनिहरुलाई उचित परामर्श दिन सकेमा उनिहरुले पनि समाजको लागि कार्य गर्नसक्ने हुँदा जनता बैंकको यस सहयोगले सामाजिक कार्यमा अझ हौसला मिलेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्