सूचना प्रविधिमा महिला सहभागिता बढ्दा समृद्धिमा टेवा पुग्ने

सूचना प्रविधिमा महिला सहभागिता बढ्दा समृद्धिमा टेवा पुग्ने कारोबार संवाददाता काठमाडौं, १३ वैशाख सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना तथा सञ्चार प्रविधिको पहुँच देशका ग्रामीण भेगका दूरदराजसम्म पु¥याइनुपर्ने बताएका छन् । ‘इन्टरनेसनल गल्र्स इन आइसिटी डे’ को अवसरमा आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सूचना प्रविधिको पहुँच सहर र सुविधायुक्त क्षेत्रमा मात्र केन्द्रित रहेको भन्दै यसलाई गाउँका कुना–कुनासम्म पु¥याउन प्रभावकारी कार्यायोजना अघि बढाइनुपर्ने बताएका हुन् । उनले महिलाहरूमा सूचना प्रविधि सहभागिता बढ्दै जाँदा समृद्धि र विकासका लागि टेवा पुग्ने भन्दै यसतर्फ ध्यान दिन सरोकारवालको ध्यानाकर्षण गराए । राज्यमन्त्री बाँस्कोटाले सूचना प्रविधि मुलुकमा समृद्धि प्राप्त गर्ने महत्वपूर्ण आधार बन्ने उल्लेख गर्दै आधुनिक सूचना प्रविधिको कसरी अधिकतम उपयोगिता बढाउने भन्नेतर्फ ध्यान दिन पनि आग्रह गरे । “मानव जीवनमा परिवर्तन ल्याउने महत्वपूर्ण आधार आईसिटीको सही सदुपयोग आजको आवश्यकता हो,” उनले भने, “अनुसन्धान, नवनिर्माण र मानव जीवनको उपयोगितामा प्रयोग गर्न सके यसले जनताको जीवनस्तर सुधार्न मद्दत पुग्छ ।” यति हुँदाहुँदै पनि प्रविधिको दुरुपयोग भयो भने मुलुकलाई बर्बादीतर्फ लैजान सक्छ । त्यसैले सूचना प्रविधिको विकास र प्रयोगलाई सही ढंगले सदुपयोग गुर्नपर्नेमा उनको जोड थियो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले सूचना प्रविधिको असाधारण अवसर दिनप्रतिदिन बढ्दै गइरहेको र यसमा महिलाको पहुँच वृद्धि गर्न सकिए राज्यलाई सहयोग पुग्ने बताए । राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरले सूचना प्रविधिको प्रयोगबाट महिलाको सशक्तीकरण तथा सामाजिक संस्कारको विभेद न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने धारणा राखेका छन् । सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मीप्रसाद यादवले राज्यको हरेक निकायमा महिलाको पहुँच वृद्धि गर्न सूचना प्रविधि सहयोगीसिद्ध हुने अनुभव साटे । नेपाल दूर सञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दप्रसाद खनालले प्रविधिमा महिलाको पहुँच अभिवृद्धि गर्ने गरी प्राधिकरणले नीतिगत कार्यक्रम ल्याउने बताएका छन् । सन् २०१० र २०१४ मा सम्पन्न आइटियु सम्मेलनको निर्णय अनुसार नेपालले सन् २०१३ देखि यो दिवस मनाउन थालेको हो । सो अवसरमा सूचना प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने तिमिला यमी थापा, गुणकेशरी प्रधान, रत्नतारा वैद्य, सुनैना घिमिरे पाण्डे लगायतलाई सम्मान गरिएको थियो ।