Logo

सहकारीकर्मीले गरे रक्तदान

दोलखा-लकडाउनको समयमा रगतको अभाव हुन नदिन सहकारीकर्मीले रक्तदान गरेका छन् । रगत अभाव भएर अकालमा ज्यान गुमाउनु नपरोस् भनी जिल्ला सहकारी संघ दोलखाको आयोजनामा सहकारीकर्मीहरुले रक्तदान गरेका हुन् । रक्तदान कार्यक्रममा ५७ पीन्ट रगत संकलन भएको छ ।
चरिकोटस्थित रक्त सञ्चार सेवाको प्राङ्गणमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १७ महिला र ४० पुरुष गरी ५७ जनाले रक्तदान गरेका छन् । चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रलगायतका स्वास्थ्य चौकीमा प्रसुती गराउने महिलाको संख्या बढेर रगतको अभाव भएर उपचारमा समस्या भएपछि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखा र स्वयंसेवी रक्तदाता समाजले समेत रक्तदानमा सहयोग गरेका छन् ।
। सदरमुकाम चरिकोटस्थित अस्पतालहरुमा रगतको अभावले मृत्युवरण गर्नु नपरोस् भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटी दोलखाका अध्यक्ष गोकर्ण पोखरेलले जानकारी दिए । २ वर्षदेखि हरेक महिना एक संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरी रगत संकलन गर्ने गरेकोमा लगडाउनको समयमा सहकारीकर्मीहरु अग्रसर भएको बताए ।

प्रतिक्रिया दिनुहोस्