प्रमुख कार्यकारी अधिकृत श्रेष्ठद्वारा पदबहाली

राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा चैत २९ देखि लागू हुने गरी अर्को एक कार्यकालका लागि पुनः नियुक्त भएका किरणकुमार श्रेष्ठले आइतबार पदबहाली गरेका छन् । उनले पदबहाली गंर्दै बैंकको आव २०७७-७८ को बजेट तर्जुमा गर्ने निर्णय पनि गरे । बैंकले ७७ जिल्लामा २ सय ४० वटा शाखा कार्यालय, २ सय ५ वटा एटीएम र ९३ वटा शाखा रहित बैंकिङबाट सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।