२५ सय बढ्यो सुनको मूल्य

काठमाडौं- बिहीबार स्थिर रहेको सुनको मूल्य शुक्रबार २५ सय बढेको छ । बिहीबार प्रतितोला दुई लाख सात हजार ९ सयमा कारोबार सुन शुक्रबार दुई लाख १० हजार ४ सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला दश रूपैयाँले बढेको छ । बिहीबार २४ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार २४ सय ९० रूपैयाँमा कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस ३५ सय ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।