पर्यटन विधेयक दफावार छलफलका लागि विधायन समितिमा

काठमाडौं- राष्ट्रियसभाले ‘पर्यटन विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।
सभाको आइतबारको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राखेको उक्त विधेयक समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।
त्यसअघि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराएका थिए ।
राष्ट्रियसभाको अर्को बैठक बुधबार दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ ।