इन्धनको भाउ बढ्यो

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार निगमले पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य बढाएको हो ।
पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजेल/मटीतेल ३ रुपैयाँ बढाइएको छ । यसैगरी खाना पकाउने ग्यास प्रतिसिलिन्डर २३५ रुपैयाँ बढेको छ । नयाँ मूल्यअनुसार ग्यास १ हजार ८९५ पुगेको छ । यसअघि १ हजार ६६० रुपैयाँ थियो । पेट्रोल प्रतिलिटर १८२ र डिजेल/मटीतेल १७० रुपैयाँ पुगेको छ ।