Logo

डिजेल १४ र पेट्रोल ५ रुपैयाँ महँगाे

काठमाडौं– नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको निगम स्रोतले जानकारी दिएको छ ।

अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ । नयाँ तोकिएको मूल्य बुधबार राति १ बजेदेखि लागू हुने निगमका प्रवक्ता मनोज ठाकुरले मंगलबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्