Logo

एक वर्षमा २ हजार युनिट भन्दा बढी रगत संकलन

दाङमा एक वर्षको अवधिमा दुई बढी ब्लड संकलन भएको छ । जिल्लामा एक वर्षको अवधिमा २ हजार ३ सय १६ युनिट ब्लड संकलन भएको हो । रक्त सञ्चार केन्द्र घोराहीद्वारा सञ्चालिक ब्लड बैंकमा गत वर्षको साउनदेखि हालसम्म २ हजार ३ सय १६ जना मानिसबाट उक्त ब्लड संकलन गरिएको हो ।
ब्लड दिनेमा सबैभन्दा धेरै पुरुषहरू छन् । १ हजार ८ सय ८० पटक पुरुष र ४ सय ३६ पटक महिलाहरूले रक्तदान गरेको रक्त सञ्चार केन्द्र घोराहीका प्राविधिक ठाकुर पौडेलले जानकारी दिए । पौडेलका अनुसार पुरुषहरूबाट सबैभन्दा धेरै ब्लड ‘बी’ पोजिटिभ ६ सय १२ युनिट संकलन भएको छ । ‘बी’ पोजिटिभको ब्लड प्रायः मानिसहरूमा हुने र माग पनि धेरै हुने भएकाले संकलन पनि धेरै हुने गरेको बताए ।
त्यस्तै ‘ओ’ पोजिटिभ ५ सय ९८ युनिट, ‘ए’ पोजिटिभ ४ सय ४१ युनिट र ‘एबी’ पोजिटिभ १ सय ७७ पटक महिलाहरूले रक्तदान गरेका छन् । ‘ए’ नेगेटिभ ब्लड १० युनिट,‘ओ’ नेगेटिभ १७ युनिट, ‘बी’ नेगेटिभ व्लड १८ युनिट र ‘एबी’ नेगेटिभ ७ युनिट संकलन भएको प्राविधिक पौडेलले बताए । ब्लड बैंक घोराहीमा महिलाहरूबाट ‘ए’ पोजिटिभ १ सय १२ युनिट, ‘बी’ पोजिटिभ १ सय ३१ युनिट, ‘ओ’ पोजिटिभ १ सय ४१ र ‘एबी’ पोजिटिभ ४३ युनिट एक वर्षमा संकलन भएको छ । त्यसैगरी ‘ए’ नेगेटिभ २ युनिट, ‘बी’ नेगेटिभ ३ युनिट र ‘ओ’ नेगेटिभ ४ युनिट संकलन भएको थियो । पुरुषहरूको तुलनामा महिलाहरूवाट कम ब्लड संकलन हुने भए पनि ब्लड खपतका हिसावले महिलाहरू बढी हुने गरेको समेत पौडेल बताउँछन् ।
जसमा पुरुष भोलेन्टिअर रक्तदाता १ हजार ४ सय ७३ जना र महिला भोलेन्टिअर रक्तदाता संख्या ३ सय ६६ जना छन् । त्यस्तै रिप्लेस रक्तदान पुरुष ४ सय ७ जना र महिला ७० जना छन् । २ हजार ३ सय १६ जना रक्तदाताहरूमध्ये १८–२५ उमेर समूहका ९ सय ८१ जना, २६–४० उमेर समूहका १ हजार १ सय २५ जना र ४१–६० उमेर समूहका २ सय ८ जना रक्तदाता रहेको ब्लड बैंकले जनाएको छ । ब्लड बैंकमा संकलन भएको व्लड सरकारी अस्पतालमा १ हजार ८ सय १८ युनिट र निजी हस्पिटलमा ४ सय ६३ युनिट ब्लड खपत भएको प्राविधिक पौडेलले जानकारी दिए । पछिल्लो समय दिन प्रतिदिन जिल्लामा ब्लडको माग बढ्दै गएको समेत पौडेलले बताए ।
यो वर्ष ६३ वटा संस्थाहरूले रक्तदान कार्यक्रम गरेर ब्लड दिएका छन् । ब्लड बैंकमा संकलन भएको ब्लड घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताल, देउखुरीमा रहेको लमही अस्पतालसँगै दीपज्योति हस्पिटल, गोर्खा हस्पिटललगायतका जिल्लाका अस्पतालहरूमा ब्लड जाने गरेको छ । त्यस्तै बाहिरका अस्पतालबाट माग हुँदा बुटवल र नेपालगन्जका अस्पतालहरूमा समेत पठाउने गरेको पौडेलले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्