Logo

तनहुँ र रहुगंगा आयोजनाको अनुगमन प्रतिवेदनले दिएका सुझाव कार्यान्वयन गर्न निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले तनहुँ जलविद्युत् आयोजना र रहुगंगा जलविद्युत् आयोजनाको स्थलगत अनुगमन प्रतिवेदनले दिएका सुझाव तत्काल कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।
बुधबार समितिले तनहँु जलविद्युत् आयोजना र रहुगंगा जलविद्युत् आयोजनाको विषयमा विद्युत् प्राधिकरण र ऊर्जा मन्त्रालयसँग गरेको छलफलपश्चात् समिति सभापति पूर्णकुमारी सुवेदीले यस्तो निर्देशन दिए । उनले दुवै आयोजनाको समितिले स्थलगत अनुगमन गरेर प्रतिवेदनमा दिएका सुझाव र समस्या तत्काल समाधान गर्न अन्तरमन्त्रालय निर्देशन दिए । समितिले अन्तरमन्त्रालयअन्तर्गत अर्थ,वन,उर्जा मन्त्रालय समेतलाई दुवै आयोजनाका समस्या विषयमा जानकारी दिएर समस्या समाधान गर्न निर्देशन दिएको छ ।
उनले भने, ‘तनहँु जलविद्युत् आयोजना र रहुगंगा जलविद्युत् आयोजनाको स्थलगत अनुगमन प्रतिवेदनको निष्कर्ष र सुझावहरूमा समावेश विषयहरूलाई यथाशीघ्र कार्यानवयन गर्नको लागि सम्बन्धित अन्तर मन्त्रालयहरूलाई समितिले निर्देशन दिन्छ । अन्तरमन्त्रालयअन्तर्गत अर्थ मन्त्रालय, वन, ऊर्जा मन्त्रालय समेतलाई तनहँु जलविद्युत आयोजना र रहुगंगा जलविद्युत आयोजनाका समस्या विषयमा जानकारी दिएर समस्या समाधान गर्न निर्देशन दिन्छ । आयोजनासँग सम्बन्धित मन्त्रालयहरूले आगामी दिनमा समितिले दिएको निर्देशन पालना गरेर सहयोग गर्ने आशा रहेको छ ।’
सभापति सुवेदीले सबै मन्त्रालयहरूले समितिले दिएको निर्देशन पालना गरेर समितिलाई सहयोग गर्ने आशा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्