सिद्धार्थ बैंककोे श्रीवृद्धि मुद्दति खातामा १० गुणासम्म प्रतिफल

सिद्धार्थ बैंकले आफ्ना ग्राहकको आवश्यकता र मागलाई ध्यानमा राखेर निक्षेप रकमको १० गुणासम्म प्रतिफल प्राप्त हुने ‘सिद्घार्थ श्रीवृद्धि मुद्दति खाता’ सञ्चालनमा ल्याएको छ ।
व्यक्तिगत, संस्थागत एवं रेमिन्ट्यान्स ग्राहकलाई लक्षित गरी ल्याइएको यस मुद्दति खातामा न्यूनतम १० हजार जम्मा गरी खाता खोल्न सकिने बैंकले जनाएको छ ।
यस मुद्दति खातामा ग्राहकले बैंकद्वारा तोकिएको समयावधिपश्चात् आफ्नो साँवा रकमको २ देखि १० गुणासम्मको प्रतिफल प्राप्त गर्न सक्ने बताइएको छ । यसका अतिरिक्त ग्राहकले आफ्नो साँवा र कमको ९० प्रतिशतसम्मको कर्जा सुविधा पाउनुका साथै १०० प्रतिशतसम्मको क्रेडिट कार्ड सुविधासमेत प्राप्त गर्न सक्ने बताइएको छ । ग्राहकलाई उक्त क्रेडिट कार्ड जारी गर्दा कुनै पनि शुल्क लाग्ने छैन ।