कुमारी बैंक र ड्रिम होटलबीच सम्झौता

कुमारी बैंक र बुटवलस्थित ड्रिम होटेलबीच छुट प्रदान गर्ने समझदारी भएको छ ।
सो सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य तथा ड्रिमल्याण्ड इन्टरनेसनल होटेलका तर्फबाट महाप्रबन्धक राजेन्द्र पौडेलले हस्ताक्षर गरेका छन् ।
बैंकले यस सहकार्यमार्फत ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटेलका विभिन्न सेवाहरुमा आकर्षक छुटको प्रावधान गरेको हो । बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरुले उक्त होटेल बसाईमा रुम शुल्कमा १५ प्रतिशत खानपानमा १० प्रतिशत र बेभरेज १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटीएम, ४२ शाखारहित बैंकिङ ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे र आगामी दिनमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।