Logo

आइएमईको जोड्दै छ नाता अफर सार्वजनिक

इन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सको अवसरमा आइएमईले सेवाग्राही मैत्री ‘जोड्दै छ नाता’ अफर सार्वजनिक गरेको छ ।
अफर अनुसार इन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सलाई लक्षित गरी आइएमईले विदेशबाट बैंक डिपोजिट गर्ने पाँच जना भाग्यशाली सेवाग्राहीलाई प्रतिव्यक्ति २२ हजार उपलब्ध गराउने जनाएको छ ।
यो अफर ईन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सका रुपमा मनाइने १६ जुन २०२२ एक दिनका लागि मात्र लागू हुने बताइएको छ ।

संयुक्त राष्ट्र संघले विदेशमा श्रम गर्न जाने करोडौं नागरिकहरूले रेमिटेन्स पठाएर आर्थिक संकटलाई पार लगाएको सम्मान स्वरूप यो दिनलाई विशेष दिनको मनाइदै आइएको हो । विकाशोन्मुख देशहरूका लागि रेमिटेन्स जीवन निर्वाहको मुख्य श्रोत हो । यसरी व्यक्ति व्यक्तिले प्राप्त गर्ने रेमिटेन्स देशको अर्थतन्त्रका लागि महत्वपूर्ण मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्