Logo

सेञ्चुरी कमर्सियल बैंक र किसान समूहबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र धनगढीस्थित किसान समूहबीच कृषि उत्पादकत्व बृद्धिका लागि ट्रयाक्टर खरिदमा लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतामा किसान समूहबाट सिफारिस भएका ग्राहकलाई सेञ्चुरी कमर्सियल बैंकका सबै शाखा कार्यालयबाट सोलिस र सोनालिका ट्रयाक्टर खरिद गर्न विपन्न वर्ग कर्जा अन्तर्गत ऋण प्रदान गर्ने र ती ग्राहकलाई किसान समूहले बाइ ब्याक ग्यारेन्टीको सुविधासमेत उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको छ ।


उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट कृषि तथा विपन्न वर्ग कर्जा प्रमुख प्रविन कुमार दाहाल र किसान समूहका तर्फबाट प्रबन्ध निर्देशक शाहनवाज आलमूूले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्