गण्डकी विकास बैंक सामाजिक उत्तरदायित्व निर्वाहमा अग्रसर

गण्डकी विकास बैंकले आफ्नो स्थापनाकालदेखि नै सामाजिक क्षेत्रमा उल्लेख्य सहयोग गर्दै आइरहेकोमा २०७५ साल भदौमा मुस्ताङ जिल्लाको सौरु गाउँमा आएको बाढीपहिरोले क्षति पु-याएको सौरु आधारभूत विद्यालयको पुनर्निर्माण एवं सहयोगका लागि सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोजन हिराचनलाई गण्डकी विकास बैंक लिमिटेड जोमसोम शाखाका शाखा प्रमुख महेश थकालीले एक कार्यक्रमकाबीच ४५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोजन हिराचनले सौरु गाउँ थासाङ गाउँपालिकाको गाउँहरूमध्ये अति पिछडिएको र बाटोको हिसाबले पायक नपर्ने भएको हुँदा विकास र सहयोगको लागि कसैको नजर नपरेको र स–साना भाइ–बहिनीहरूको भविष्यसँग जोडिएको विषय रहेको अवस्थामा गण्डकी विकास बैंकले सहयोग गरेकोमा बैंक परिवार प्रतिहार्दिक आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।