Logo

सेन्ट्रल फाइनान्सको भिमान शाखा उद्घाटन

सेन्ट्रल फाइनान्स लिमिटेडको सिन्धुलीको भिमानमा नवौं शाखा सञ्चालनमा आएको छ । उक्त शाखाको उद्घाटन कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले गरे ।
ललितपुरको कुपण्डोलमा केन्द्रीय कार्यालय रहेको यस संस्थाको कुनै पनि शाखाबाट रकम जम्मा र भुक्तानी गर्न सकिने एबीबीएस सुविधासहितको काठमाडौंको चाबहिल, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल, भक्तपुरको च्यामासिंह, महोत्तरीको बर्दिबास, नपलपरासीको बर्दघाट र बाराको सिमरामा शाखा कार्यालय सञ्चालनमा छ ।
यस संस्थाको चुक्ता पुँजी ९२ करोड ३४ लाख, निक्षेप ३ अर्ब २० करोड र कर्जा लगानी ३ अर्ब रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्