Logo

विश्वव्यापी अर्थतन्त्रमा बेक्जिटको झट्काःआइएमएफ

वासिङटन-यो वर्ष विश्वव्यापी वृद्धि पहिलेको अनुमान भन्दा पनि कम हुने अन्तर्राष्ट्रिय मुद्रा कोषले जनाएको छ । यद्यपि यस वर्षको अन्तिम महिनामा विश्वव्यापी वृद्धिमा केही सुधार देख्न सकिने तर त्यो पनि अनिश्चित रहेको कोषले जनाएको छ । विश्वव्यापी अर्थतन्त्रमा बे्रक्जिटको झट्का लाग्न सक्ने आशंका भएको कोषले जनाएको छ ।
विश्व बैंक तथा मुद्रा कोषको आगामी साता हुने गृष्मकालिन बैठक अगाडिको आफ्नो सम्बोधनमा कोषकी प्रमुख क्रिस्टिना लेगार्डले विश्व अर्थव्यवस्थामा ब्रेक्जिटको झट्का लाग्न सक्ने जोखिम भएको बताएकि छन् । यसका अतिरिक्त कर्जाको उच्च स्तर, व्यापार तनाव, वित्तीय बजारको बेचैनीले पनि विश्वव्यापी अर्थव्यवस्था प्रभावित हुने उनले बताइन् । यो वर्ष विश्वव्यापी वृद्धि दर अनिश्चित रहने लेगार्डले यूएस चेम्बर अफ कमर्शलाई बताएको समाचार संस्था पीटीआईले जनाएको छ ।
कोषले आगामी साता जनवरीमा गरिएको आफ्नो विश्वव्यापी अनुमानलाई कम गर्ने लेगार्डले बताइन् । उनले भनेकि छन्,“ब्रेक्जिटकै कारण विश्वको दुई तिहाई अर्थव्यवस्थाको वृद्धि दरमा कमी आउने छ ।” यस वर्षको सुरुमै कोषले विश्वव्यापी आर्थिक वृद्धि दरको प्रक्षेपणलाई ठूलो अन्तरले कमी गरिसकेको छ । यो वर्ष र आगामी वर्ष विश्वव्यापी वृद्धि दर ३.५ हुने कोषको अनुमान छ ।
आगामी साता वासिङटनमा हुने केन्द्रीय बैक तथा अर्थ मन्त्रीहरुको अर्धवार्षिक बैठक यस्तो समयमा हुन गइरहेको छ कि अमेरिका र चीन आफ्नो ८ महिनादेखि चलिरहेको व्यापार विवादको सल्टाउने प्रयासमा लागिरहेका छन् ।
यद्यपि केही आशाको अवस्था रहेको लेगार्डले बताएकि छन् । अमेरिकी फेडरल रिजर्भ सहित कैयौ केन्द्रीय बैंकले व्याज दर वृद्धिको विषयलाई लिएर धैर्य हुने अपेक्षा आपूmले गरेको उनले बताइन् । चीनले आफ्नो अर्थव्यवस्थालाई प्रोत्साहन दिनका लागि कदम चालिरहेको छ ।
बेलायतलाई ब्रेक्जिटको विषयलाई लिएर थप समय दिन आवश्यक भएको विषयमा युरोपेली संघ राजी भएको छ । बेलायतले यसका लागि ३० जुन सम्मको समय माग गरेको थियो । यो भन्दा पहिले बेलायत ईयूबाट बाहिरिनका लागि २९ मार्च सम्मको समय दिइएको थियो । बेलायतमा यो विषयलाई लिएर सदनको बाहिर तथा भित्र पनि व्यापक असहमतीको स्थिति देखिएको छ । ब्रेक्जिटपछि केबल बेलायतलाई मात्रै नभई युरोपेली संघलाई पनि ठूलै नोक्सानी हुने देखिएको छ । यो नोक्सानी अर्बौ डलरको हुन सक्छ ।
यो भन्दा पहिले कोषले भारतलाई विश्वकै तीव्र वृद्धिको अर्थव्यवस्था भएको मुलुकको संज्ञा दिइसकेको छ । कोषका संचार निर्देशक गेर्री राइसले भारत विश्वकै तीव्र वृद्धिको अर्थव्यवस्था मध्येको एक भएको बताइसकेका थिए । यो मुलुकमा विगत ५ वर्षको अवधिमा औसत वृद्धि करिब ७ प्रतिशत भन्दा माथि रहदै आएको छ । यद्यपि कोषले २०१९ मा भारतको अनुमानित वृद्धि दरमा ०.१ प्रतिशतको कटौती गरेर ७.४ प्रतिशत कायम गरेको छ । पहिला यो ७.५ प्रतिशत हुने बताइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्