Logo

इजरायल जाने युवालाई कोभिडको बुस्टर डोज


रोजगारीका लागि इजरायल जान छनोट भएर कोभिड–१९ विरुद्धको खोप लगाएको ६ महिना पूरा भएका युवालाई पुनः खोपको व्यवस्था गरिने भएको छ । इजरायलको जनसंख्या तथा अध्यागमन विभागले यसअघि खोप लगाएर हाल ६ महिना पूरा भएका युवाले पुनः एक मात्राको खोप लगाउनुपर्ने जनाएपछि विभागले खोप लगाउन अनुरोध गरेको हो ।
विभागका अनुसार रोजगार सम्झौतापछि भिसा प्रक्रियाका लागि पुनः खोपको आवश्यकता परेका कारण ६ महिना पूरा भएका युवालाई खोपको लागि अनुरोध गरिएको हो । विभागले थप खोपका लागि एपिएफ अस्पताल बलम्बुमा पत्राचार गरेको छ । विभागले छनोट भएका सबै युवालाई इजरायल छिटो पठाउन हालसम्म ४ सय २८ भन्दा बढीसँग रोजगार सम्झौताको प्रक्रिया पूरा गरेको छ । इजरायलका विभिन्न स्याहार केन्द्रमा रोजगारी दिने गरी माग गरिएकामध्ये ४ सय २८ युवाको रोजगार सम्झौता (एसईसी) आएको छ ।
पहिलो चरणमा २ सय २९, दोस्रो चरणमा १ सय ६६ र तेस्रो चरणमा ३३ गरी ४ सय २८ श्रमिकको ईजरायको रोजगारदाताले रोजगार सम्झौताका लागि नामावली पठाएको छ । इजरायलको दीर्घकालिन स्याहार केन्द्रमा पठाइने मध्ये अधिकांशको सहायक श्रमिकको करार सम्झौता प्राप्त हुने क्रममा रहेको विभागले जनाएको छ ।
इजरायलका रोजगारदाताको पक्षबाट हस्ताक्षर भई नेपाली श्रमिकको अन्तिम सम्झौताको हस्ताक्षरका लागि नामावली विभागमा प्राप्त भएको हो । विभागका महानिर्देशक दिपक काफ्लेले प्राप्त करार सम्झौतापत्रमा सम्बन्धित उम्मेदवारहरुबाट ५ दिनभित्र सम्झौता गराई ईजरायलको जनसंख्या तथा अध्यागमन विभाग (पिवा) मा पठाउन तथा भिसा प्रक्रियाका लागि इजरायली दूतावासको कन्सुलर डिभिजनमा समेत पठाउने प्रयोजनका लागि हाल कागजात लिने तथा हस्ताक्षर गर्ने काम भइरहेको बताए । यसका लागि विभागले व्यावसायिक तथा सिप विकास तालिम प्रतिष्ठान ललितपुरमा आवश्यक कागजात संकलन र हस्ताक्षरको काम गरिरहेको छ ।
वैदेशिक रोजगार विभागले स्वास्थ्य परिक्षण पूरा गरेका १ हजार १ सय ७५ युवाको रोजगार सम्झौतामा लागि नामावली इजरायल पठाएको थियो । काफ्लेका अनुसार नेपालस्थित इजरायली दूताबासले रोजगार सभ्झौता भएका युवाको भिसा लगाउने काम जति चाँसो गर्छ, त्यति नै छिटो नेपालीलाई पठाउने तयारी भइरहेको छ । यसका लागि विभागले हवाई सेवा कम्पनी समेत छनोट गर्ने प्रक्रिया शुरु गरिसकेको छ ।
विभागले रोजगार सम्झौताका लागि इजरायल पठाईएका नामावली मध्येहरुबाट रोजगारदाताले एक पक्षीय सम्झौता गरेर दोस्रो पक्ष श्रमिकको हस्ताक्षरका लागि नामावली दैनिक रुपमा पठाईरहेका छन् । हाल आएका बाहेक थप नेपालीको नामावली सम्झौताको लागि आईसकेको विभागले जनाएको छ । विभागका अनुसार अन्तिम नामावलीमा परेका १ हजार १ सय ७५ मध्ये स्वास्थ्य परिक्षण पास गरेका सबैलाई पठाईने छ । सोभैm उडानमार्पmत इजरायल पठाउनु अघि पीसिआर र खोप भने अनिवार्य गरिएको विभागले जनाएको छ । पछिल्लो समय विश्वभर ओमिक्रोन भाईरस देखिएपनि इजरायलले उडान रोक्नेबारे कुनै निर्णय नगरेको विभागले जनाएको छ ।
ईजरायल जान रोजगार सम्झौता गरेका श्रमिकलाई कम्तिमा एक महिनाभित्र पठाउने तयारी भईरहेको वैदेशिक रोजगार विभागले जनाएको छ । रोजगार सम्झौता भएका श्रमिकलाई छिटो छरितो पठाउने सम्बन्धमा विभाग र इजरायल पक्ष बिच नियमित रुपमा छलफल भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्