Logo

उखुको मूल्य निर्धारण गर्ने तयारी

प्रतिक्विन्टल ६ सय रुपैयाँ तोक्न उत्पादकको माग


सरकारले उखुको मूल्य निर्धारण गर्नका लागि सरोकारवालासँग छलफल गरेको छ । उखुको क्रसिङ सिजन नजिकिएकाले यस वर्षको उखुको बिक्री मूल्य तोक्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपाल उखु उत्पादक महासंघसहिका सरोकारवाला निकायसँग छलफल गरेको हो ।
यसवर्ष उखुको मूल्य यसैसाता तोक्ने गरी तयारी भइरहेको मन्त्रालयका प्रवक्ता प्रकाश सन्जेलले जानकारी दिए । यस वर्ष उखुको मूल्य तोक्ने कार्य विगतको भन्दा वैज्ञानिक र व्यावहारिक हुने उनले बताए । “उखुको मूल्य तोक्ने सम्बन्धमा अध्ययन सकिएको छ, यसै साताको शुक्रबारसम्म मूल्य तय हुन्छ,” प्रवक्ता सञ्जेलले भने ।
यस वर्षको उखुको मूल्य तोक्न उखुको पकेट क्षेत्र मानिने तराईका १० जिल्लामा गएर स्थलगत अध्ययन गरिएको र प्रत्येक जिल्लाबाट ३० भन्दा बढी अध्ययन नमुना संकलन गरिएको मन्त्रालयले जनाएको छ । गत वर्ष सरकारले उखुको प्रतिक्विन्टल न्यूनतम मूल्य ५ सय ४४ रुपैयाँ ३३ पैसा तोकेको थियो ।
उखुको मूल्य ३८६ रुपैयाँ १६ पैसा, ढुवानी खर्च र मुनाफा ९२ रुपैयाँ ८९ पैसा र सरकारले प्रतिक्विन्टल अनुदान ६५ रुपैयाँ २८ पैसा थियो । गत वर्ष अघिल्लो वर्षको तुलनामा क्विन्टलमा जम्मा ८ रुपैयाँ मूल्य बढेको थियो । यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल ६ सय रुपैयाँभन्दा बढी हुनुपर्ने नेपाल उखु उत्पादक महासंघको माग छ ।
मन्त्रालयले मूल्य तय गरेर वाणिज्य मन्त्रालयमा पेस गर्छ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि उखुको मूल्य लागू हुन्छ । अध्ययन प्रतिवेदनको आधारमा उखुको मूल्य बढाएर तोकिने मन्त्रालयले जानकारी दिएको छ ।
उखुको मूल्य ३ सय ८६ रुपैयाँ १६ पैसा, ढुवानी खर्च र मुनाफा ९२ रुपैयाँ ८९ पैसा र सरकारले दिने प्रतिक्विन्टल अनुदान ६५ रुपैयाँ २८ पैसा थियो । गत वर्ष अघिल्लो वर्षको तुलनामा क्विन्टलमा जम्मा ८ रुपैयाँ मूल्य बढेको थियो । यो वर्ष उखुको मूल्य प्रतिक्विन्टल ६ सय रुपैयाँभन्दा बढी हुनुपर्ने नेपाल उखु उत्पादक महासंघको माग छ । यो वर्ष उत्पादन लागत निकै बढेको भन्दै महासंघका अध्यक्ष कपिलमणि मैनालीले ६ सय रुपैयाँ बढी मूल्य तोकिनुपर्ने बताए ।
गत वर्ष सरकारले मंसिर तेस्रो साता उखुको मूल्य तोकेको थियो । चिनी मिलहरूले उखु क्रसिङका लागि यस वर्ष तयारी थाले पनि अझै कृषि मन्त्रालयले मूल्य टुंग््याउन सकेको छैन ।
चिनी मिल सञ्चालकहरूको संस्था नेपाल चिनी उत्पादक संघले सरकारले उखुको मूल्य निर्धारण गर्न ढिलाइ गरेको भन्दै आपत्ति जनाएको छ ।
गत वर्ष एक लाख २० हजार मेट्रिक चिनी उत्पादन भएको तथ्यांक छ । मुलुकमा वार्षिक दुई लाख ५० हजार मेट्रिक टन चिनीको माग छ । उत्पादन कम हुँदा यो वर्ष बजारमा चिनीको मूल्य अस्भाविकरूपमा बढेको छ । स्थानीय उत्पादनले माग धान्न नसकेपछि व्यवसायीले ठूलो परिणाममा चिनी बाहिरी मुलुकबाट आयात गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्