Logo

बैंकर्स संघको अध्यक्षमा उपाध्याय

नेपाल बैंकर्स संघमा नयाँ कार्यसमिति चयन भएको छ । मंगलबार भएको संघको साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो ।
वर्तमान अध्यक्ष भुवनकुमार दाहालको दुई वर्षे कार्यकाल पूरा भएसँगै आगामी दुई वर्षका लागि कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको नेतृत्वमा संघको नयाँ कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी चयन भएका छन् ।
संघको सदस्यमा लक्ष्मी बैंकका अजयकुमार मिश्र, मेगा बैंकी अनुपमा खुञ्जेली, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, नेपाल एसबीआई बैंकका दीपककुमार दे, सनराइज बैंकका सुनम शर्मा, माछापुच्छे« बैंकका सन्तोष कोइराला र एनआईसी एसिया बैंकका रोशनकुमार न्यौपाने चयन भएका छन् ।
यस्तै, संघका पूर्व अध्यक्षहरू अनिश केशरी शाह, अशोक शमशेर राणा र ज्ञानेन्द्र प्रसाद ढुंगाना सल्लाहकारमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्