Logo

जनता बैंक र नेपाल नेत्रज्योति संघबीच सम्झौता

काठमाडौं- संस्थागत सामाजिक उत्तरदायित्वमा स्वास्थ्यलाई प्राथमिकतामा राखी देशको दुर्गम स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको यस जनता बैंक र नेपाल नेत्रज्योति संघबीच एक सम्झौता सम्पन्न भएको छ । जनता बैंक नेपालका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा. डा. तीर्थप्रसाद मिश्रले सम्झौतापत्र आदान प्रदान गरेका थिए । सम्झौताअनुसार यस आर्थिक वर्षमा देशको दुर्गम तथा विपन्न समुदायलाई लक्षित गरी निःशुल्क आँखा शिविर सञ्चालन गरिनेछ । शिविरमा मोतीबिन्दुको अपरेसन गर्नुपर्ने बिरामीको निःशुल्क अपरेसन गर्नुको साथै आवश्यक औषधि तथा चश्मा वितरण गरिनेछ ।
यस वर्ष रसुवा, रामेछाप, रोल्पा र हुम्लामा स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रम छ । स्वास्थ्य शिविरमा आँखा उपचारको साथै स्त्री तथा प्रसूति रोगसँग सम्बन्धी बिरामीको परीक्षण गर्नुको साथै आङखस्ने समस्या भएका महिलाहरूको निःशुल्क अपरेशनको समेत व्यवस्था मिलाइनेछ । गत आर्थिक वर्षमा सिन्धुपाल्चोक, लमजुङ, अर्घाखाँची र जुम्लामा गरिएको स्वास्थ्य शिविरमा ८२ जनाको मोतीबिन्दुको निःशुल्क अपरेसन, ७ जना महिलाको पाठेघरको निःशुल्क अपरेसन गरिएको थियो भने करिब ४ हजार जनताको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्