Logo

अध्यक्ष पक्राउ परेपछि निसान र मित्सुबीसीको सेयर ओरालो

टोकियो-कम्पनीका अध्यक्ष कार्लोस घोस्न पक्राउ परेपछि निसान र मित्सुबिसीको सेयर मूल्य ओरालो लागेको छ ।
पाँच वर्षको अवधिमा उनको आम्दानी ५ अर्ब येन अर्थात ४ करोड ४४ लाख डलर भएको आरोप उनीमाथि लागेको छ । उनीमाथि आफ्नो व्यक्तिगत प्रयोजनका लागि कम्पनीको सम्पत्ति प्रयोग गरेको आरोप पनि लागेको छ ।
घोस्नले जापानी–फ्रेन्च गठबन्धन रिनाउट–निसान–मित्सुबिसीको प्रमुखको रुपमा काम गर्दै आएका छन् ।
निसान र मित्सुबिसी दुवैले उनीलाई उक्त पदबाट हटाउने तयारी गरिरहेको बताएका छन् ।
मध्य दिनको कारोबारमा निसानको सेयर मूल्यमा ४ प्रतिशतको गिरावट आएको छ भने मित्सुबिसीको सेयरमा ७ प्रतिशत भन्दा बढीको गिरावट आएको छ । युरोपमा रिनाउल्टको सेयर मूल्यमा ८ प्रतिशत भन्दा बढीको गिरावट आएको छ ।
सोमाबार राती अबेर भएको पत्रकार सम्मेनमा निसानले गलत गरेकाृे विषयमा जानकारी आएपछि आन्तरिक अनुसन्धना गर्नुपर्ने अवस्थाको सिर्जना भएको जनाएको छ ।
निसानका प्रमुख कार्यकारी हिरोतो साइकावाले भने,“शासकिय अवस्थाको विषयमा एकै व्यक्तिलाई अधिक अधिकार प्रदान गरिएको थियो ।”
“घोस्नको समयको यो एउटा अध्यारो पक्ष हो जुन लामो समयसम्म चलेको थियो,” हिरोतोले बताए ।
गत वर्ष रिनाउल्ट–निसान–मित्सुबिस्ले १ करोड ६ लाख १० हजार सवारी साधन बिक्री गरेको थियो । यो संख्या विश्वकै अन्य कुनै पनि कार कम्पनीले गरेको बिक्रीको तुलनामा सर्वाधिक बढी हो ।

प्रतिक्रिया दिनुहोस्