Logo

खोटाङको एक स्थानीय निकायमा अस्थायी कोभिड अस्पताल

खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाले अस्थायि कोभिड अस्पताल बनाउने भएको छ । कोरोना भाइरसको माहामारीबाट विश्व नै ग्रसित भएको अवस्थामा स्थानीय तहमा नै कोरोना भाइरसको उपचार सहज बनाउन अस्थायी कोभिड अस्पताल बनाउन लागिएको हो ।
नगरपालिकाले कोरोना भाइरसको उपचार सहजताका लागि ५ शैयाको अस्पताल बनाउन लागेको जानकारी गराएको छ । नेपालीहरूको चाडपर्व नजिकिँदै गएको तथा अन्तर जिल्ला यातायात सञ्चालन भएकाले कोरोना संक्रमण समुदाय स्तरमा फेलने खतरालाई ख्याल गरी हलेसी तुवाचुङ नगरपालिकाको उपयुक्त स्थानमा अस्थायी कोभिट अस्पताल बनाउने तयारी भएको नगरपालिकाले जनाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आर्थिक प्रशासन शाखाबाट १० लाख रुपैयाँ बजेट परेको र अस्थायी कोभिड अस्पताल बनाउ भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट समेत पत्रप्राप्त भएकाले तयारी थालिएको नगरपालिकाका स्वास्थय शाखा सह–संयोजक प्रकाश घिमिरेले बताए ।
अस्पतालमा एमबीबीएस १ जना स्टाप नर्स २ जना र १ जना सहयोगि रहने छन् । अज्य जनशक्ति आवश्यकता परेमा नगरपालिकाले व्यावस्थापन गर्ने नगरप्रमुख इवन राईले बताए ।

प्रतिक्रिया दिनुहोस्