Logo

मेगा बैंकको मुनाफा अर्ब नाघ्यो

 मेगा बैंक नेपाल लिमिटेडको मुनाफा एक अर्ब रुपैयाँ नाघेको छ । स्थापनाको छोटो अबधिमै मेगा बैंकको वार्षिक खुद मुनाफा एक अर्ब नाघेको भन्दै बेकले गत आर्थिक वर्षमा बैंकको खुद मुनाफा ३२ प्रतिशतले बढेर १ अर्ब ४ करोड ६६ लाख पुगेको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बताइन् । “मेगा बैंक स्थापनाको भर्खरै ८ बर्ष भएको छ । तर, यति छोटो अवधिमै वार्षिक नाफा एक अर्ब नाघ्नुलाई हामीले ऐतिहासिक सफलताको रूपमा लिएका छौँ ।” सीईओ खुञ्जेलीले भन्नुभयो, “अब हामी गर्वका साथ बिलिनियर क्लवमा प्रवेश गरेका छौं । वास्तवमा २०७५ वैशाख ३० गते टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जर भएको हुनाले ९ महिनाको खुद मुनाफाबाट १४ करोड रुपैयाँ रिजर्भमा लगेर राखेका छौं ।”
योसहित जोड्ने हो भने मेगा बैंकले गत आर्थिक वर्षमा १ अर्ब १९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । मेगा बैंकको ग्राहक संख्या ९० प्रतिशतले बढेको छ । २ लाख ६० हजार ग्राहक रहेकोमा गत आर्थिक बर्षमा ४ लाख ९६ हजार पुगेको बैंकले जनाएको छ । आर्थिक वर्ष २०७३/७४ मा कुल निक्षेप ३८ अर्ब ९४ करोड रुपैयाँ भएकोमा २०७४/७५ मा ६२ करोड रुपैयाँ पुगेको छ । जुन २४ अर्ब ३ करोड रुपैयाँले बढी हो । यसैगरी, सोही अवधिमा कर्जा २२ अर्ब ७ करोड रुपैयाँले बढेको छ । कुल कर्जा ३५ अर्ब १९ करोड रुपैयाँले वृद्धि भई ५७ अर्ब २६ करोड रुपैयाँ पुगेको हो ।

 

प्रतिक्रिया दिनुहोस्