Logo

नवलपरासीको बौदीकालीमा जनता बैंकको शाखा

 वित्तीय सेवामार्फत पनि संघियतालाई दह्रो बनाउने उद्देश्यले स्थानीय तहबाटै सेवा दिनका लागि बैंकिङ सेवा ७ सय ६६ स्थानीय तहमा पुग्नुपर्ने नियमन र सरकारको चाहनाअनुसार दुर्गम स्थानका स्थानीय तहसम्म शाखा पुराई बैंकिङ क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल रहेको जनता बैंक नेपालले पूर्वी नवलपरासीको बौदीकालीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बौदीकाली गाउँपालिका–२, डेढगाउँमा खोलिएको बौदीकाली शाखा जनता बैंकको १२२ औं शाखा भएको पनि बैंकले जनाएको छ । नवलपरासी जिल्लाको विकट भौगोलिक अवस्थामा रहेको बौदीकाली गाउँपालिकाका स्थानीय व्यापारी तथा उद्यमी र सर्वसाधारणहरू बैंकिङ कारोवारका लागि राजमार्ग आसपास झर्नै पर्ने बाध्यतालाई यस शाखाले राहत पुराउने विश्वास बैंकले लिएको बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्