जनता बैंकको थप २ शाखा विस्तार

जनता बैंक नेपालले मोरङ र रोल्पा गरी दुई नयाँ शाखाबाट कारोबार शुभारम्भ गरेको छ । विराटनगर महानगरपालिका–२, तिनपैनीमा तिनपैनी शाखा र परिवर्तन गाउँपालिका– ५, दुइखुलीमा दुइखुली शाखा गरि दुई नयाँ शाखा खोलिएको बैंकले जनाएको छ । उक्त थप शाखासमेत गरी जनता बैंकको देशभरिमा १२१ सञ्जाल पुगेको छ भने, बैंकले ४० शाखारहित बैंकिङ, २ सीमित बैंकिङ एकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटीएमबाट सेवा प्रदान गरिरहेको जनाएको छ । बैंकको हाल ५९ अर्ब ४२ करोड निक्षेप र ५४ अर्ब ८ करोड कर्जा कारोबार छ ।