नेपाल बंगलादेश बैंक र टिच फर नेपालको अभियान

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र सार्वजनिक शिक्षालाई सबल बनाउने उद्देश्यले कार्य गर्दै आइरहेको टिच फर नेपालसँग सहकार्य गर्दै नेपाल बंगलादेश बैंकले संयुक्त रूपमा सिन्धुपाल्चोक, ललितपुर, धनुषा, लमजुङ, दाङ र पर्सा जिल्लामा शैक्षिक अभियान सुरु गरेको छ । यस अभियानबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूबाट स्नातक तह उत्तीर्ण नेपाली युवाहरूलाई २ वर्ष स्वयंसेवी शिक्षकको रूपमा अंग्रेजी, गणित र विज्ञान विषयहरूमा देशका विभिन्न ग्रामीण क्षेत्रका सार्वजनिक विद्यालयहरूमा शिक्षण गराइने बैंकले जनाएको छ । वि.सं. २०७१ सालमा सिन्धुपाल्चोक जिल्लाबाट टिच फर नेपालले सुरु गरेको यस अभियानबाट हालसम्म २०० जनाभन्दा बढी प्रज्ञार्थी (फेलो) हरू सरिक भई सार्वजनिक विद्यालयहरूमा शिक्षण गराई सकेका छन् र हाल ६ वटा जिल्लाका ५१ वटा सार्वजनिक विद्यालयहरूमा १ सय ११ प्रज्ञार्थी (फेलो) हरूले ९ हजारभन्दा बढी विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा शिक्षण गराइरहेका छन् ।
यस अभियानलाई निरन्तरता दिँदै ग्रामीण समुदायका बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यअनुरूप यस बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ५ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको छ ।