Logo

कोरोना महामारीमा कुन देशको जीडीपी कति ओर्लियो, चीन किन सबैभन्दा माथि ?

वासिटन-नेपालको छिमेकी देश चीनको कुरा गर्ने हो भने यहीबाट कोरोनाभाइरसको महामारी सुरु भएको थियो । तर, चीन अब यो महामारीका साथै आर्थिक संकटबाट माथि उठ्न थालेको छ । चीन मात्रै यस्तो एक ठूलो देश हो जसको जीडीपी वृद्धि प्लसमा रहेको छ ।
अमेरिका, जापान सेमत सबै देशको जीडीपी वृद्धि ऋणात्मकमा छ । कोरोनाभाइरसको महामारीको सुरुवात अर्थात यो वर्षको पहिलो त्रैमासमा चीनको जीडीपीमा ६.८ प्रतिशतको गिरावट आएको थियो ।
१९९२ पछि पहिलो पटक चीनको जीडीपीमा गिरावट दर्ता भएको थियो । यद्यपि पहिलो त्रैमासमा ओरालो लागेपछि चीनले आपैmलाई सम्हालेको थियो र दोस्रो त्रैमासमा जीडीपीमा ३.२ प्रतिशतको दर्ता भएको थियो ।
चीनले अर्थव्यवस्थामा सुधार ग¥यो र अन्य कयौ संकेत पनि देखिएको छ । जून महिनामा चीनको म्यानुफ्याक्चरिङ क्षेत्रमा तीव्रता आयो र उसको आयात र निर्यातमा पनि वृद्धि भएको छ ।
अर्थशास्त्रीका अनुसार चीन अन्य देशको तुलनामा लकडाउनको नियममा छिट्टै खुकुलो पार्न सफल भयो । चीनले केवल वुहानमा मात्रै होइन पुरै किसिमबाट लकडाउन लगाएको थियो । जबकी धेरैजसो क्षेत्रमा आर्थिक गतिविधि चलिरहेको थियो । जब पुरै विश्वले लकडाउन ग¥यो चिनियाँ निर्यातकलाई विश्व बजारमा धेरै मौका मिल्यो ।
विश्वभरीका देशको अर्थव्यवस्थामा कोरोना महामारीको कत्तिको नराम्रो असर प¥यो, आउनुहोस् जानौः
अमेरिका
अमेरिकामा कोरोनाभाइरसबाट सर्वाधिक धेरै विनास भएको र यो महामारीको चपेटामा उसको अर्थव्यवस्था पनि आयो । अमेरिकाको जीडीपीमा २०२० को दोस्रो त्रैमासमा ३२.९ प्रतिशतको गिरावट दर्ता भएको थियो । अमेरिकाको जीडीपीमा १९४७ पछि यो कुनै पनि त्रैमासको सबैभन्दा ठूलो गिरावट हो । कोरोनाभाइरसको महामारी भन्दा पहिले अमेरिकाको आर्थिक वृद्धि दर जी–७ का देश मध्ये सबैभन्दा बढी थियो ।
बेलायत
२०२० को दोस्रो त्रैमासमा बेलायतको जीडीपीमा २०.४ प्रतिशतको गिरावट आएको थियो । यो बेलायतको जीडीपीमा लगातार दोस्रो त्रैमासमा आएको गिरावट हो । कोरोना महामारीका कारण यहाँको सेवा, उत्पादन र निर्माण क्षेत्रमा सुस्तता आएको थियो ।
इटाली
इटालीको जीडीपीमा अप्रिल–जून त्रैमासमा १२.४ प्रतिशतको गिरावट आएको थियो । १९९५ को पहिलो त्रैमासपछि यो सबैभन्दा ठूलो गिरावट हो । जीडीपीको आंकडा जारी गर्ने इटालीको सरकारी एजेन्सीले भनेको छ,“ पहिलो त्रैमासदेखि ५.४ प्रतिशतको गिरावट दर्ता भएपछि दोस्रो त्रैमासमा अप्रत्याशित नोक्सानी आएको थियो । यसका पछाडि कोभिड–१९ को हेल्थ इमरजेन्सी हो ।
फ्रान्स
फ्रान्सको जीडीपीमा अप्रिल–जून महिनाको त्रैमासमा रेकर्ड १३.८ प्रतिशतको गिरावट दर्ता भएको थियो ।
क्यानडा
अप्रिल–जून महिनाको पहिलो त्रैमासमा क्यानडाको जीडीपीमा १२ प्रतिशतको गिरावट दर्ता भएको थियो । यो पनि कोभिड–१९ का कारण उपभोक्ता व्यय, लगानी, आयात र निर्यातमा कमी जस्ता कारणले हो ।
जर्मनी
यो वर्षको दोस्रो त्रैमासमा पछिल्लो वर्षको सोही अवधिको तुलनामा जर्मनीको जीडीपीमा १०.१ प्रतिशतको गिरावट आएको थियो । जर्मनीले जबदेखि त्रैमासिक जीडीपीको तथ्यांक जारी गर्न सुरु ग-यो त्यसपछि हालसम्म सबैभन्दा ठूलो गिरावट हो ।
जापान
२०२० को अप्रिल–जूनको त्रैमासमा जापानको अर्थव्यवस्थामा पनि कीर्तिमानी ७.८ प्रतिशतको गिरावट आएको थियो ।

प्रतिक्रिया दिनुहोस्