Logo

कोरोना महामारीले ओरालो लागेको विश्व पर्यटन

सन् २०१९, डिसेम्बर महिनाको अन्तिमतिर नेपालको उत्तरी छिमेकी देश चीनको दक्षिण–पूर्वी प्रान्त हुपेई प्रान्तको राजधानी वुहानबाट पैmलन सुरु भएको र फेब्रुअरी–मार्च महिनादेखि विश्वव्यापी रूपमा पैmलन सुरु भएको ‘नोभेल कोरोना भाइरस–२०१९’ (कोभिड–१९) को असरले सन् २०२० भरि नै विश्वको पर्यटन अर्थतन्त्रमा नराम्रोसँग असर पार्ने देखिएको छ ।
वि.सं. २०७६ चैत अन्त्यतिर संयुक्त राष्ट्रसंघअन्तर्गत रहेको ‘विश्व पर्यटन संगठन’ (यूएनडब्लूटीओ) ले कोरोना भाइरसका कारण विश्व पर्यटन उद्योगमा परेको असरबारे केही तथ्य–तथ्यांकसहित एक प्रतिवेदन प्रकाशित गरेको थियो । सो प्रतिवेदनअनुसार कोरोना भाइरसका कारण विश्व पर्यटन क्षेत्रको आगमन (घुमघाम) संख्यामा सन् २०१९ को तुलनामा सन् २०२० मा २० देखि ३० प्रतिशतसम्मले कमी आउने अर्थात् विश्वमा पर्यटक भएर घुम्न निक्लने मानिसहरूको संख्या सन् २०१९ को तुलनामा सन् २०२० मा २० देखि ३० प्रतिशतले घट्ने बताइएको थियो । स्मरणीय छ, यो तथ्यांक कोभिड–१९ को असर सन् २०२० को अप्रिल–मे महिनासम्म कायम रहेमा भनी गरिएको तथ्यांकसहितको प्रतिवेदन हो । तर, कोभिड–१९ को प्रभाव अप्रिल–मे महिना काटेर अगस्ट महिनाको अन्त्यतिर आइपुग्दासम्म पनि पैmलने क्रम कायमै रहेको छ । स्मरणीय छ, सन् २०१९ मा विश्वभरि १ अर्ब ४६ करोड १० लाख मानिसले विश्वको विभिन्न देशमा पर्यटक भई भ्रमण गरेका थिए । यो तथ्यांक भनेको विगत १० वर्षअघिको तुलनामा दोब्बर संख्याले वृद्धि भएको तथ्यांक हो । त्यसो त विश्व पर्यटन संगठन (डब्लूटीओ) ले सन् २०१९ को तुलनामा सन् २०२० मा विश्वमा घुम्न निक्लने पर्यटकको संख्या ४० करोडले मात्रै कमी आउने आकलन गरेको थियो । त्यस्तै विश्व पर्यटन उद्योग÷क्षेत्रले २०२० मा ४ खर्ब ५० अर्ब अमेरिकी डलरबराबरको आर्थिक क्षति भोग्ने अनुमान गरिएको थियो ।
नोभेल कोरोना भाइरस–२०१९ (कोभिड–१९) को असरकै कारण हालसम्म नेपाल भ्रमणमा आएका (जनवरी, फेब्रुअरी मार्चको मध्यसम्म आएका बाहेक) विदेशी पर्यटकको संख्या गन्ने हो भने लगभग शून्यको अवस्था रहेको छ । किनभने अप्रिल, जुन, जुलाई र अगस्ट महिनामा सम्भवतः एक जना पनि विदेशी पर्यटक घुम्नकै लागि भनेर आएन । यसरी हेर्दा हाम्रो जस्तो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा पर्यटन उद्योगको योगदान केवल २.९, ३.४ देखि बढीमा ४.९ सम्म मात्रै रहेको देशमा त पर्यटन क्षेत्रले गत ६ महिनामा २४ अर्ब नेपाली रुपैयाँबराबरको क्षति बेहोरेको नयाँ तथ्यांक आएको छ भने आफ्नो देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा पर्यटन उद्योगको योगदान लगभग ५०÷५३ देखि १९÷२१ प्रतिशतसम्म रहेका देशहरू जस्तै मकाउ, माल्दिभ्स, अजुबा, सेसेल्स, ब्रिटिस भर्जिन आइल्यान्ड, अमेरिकन भर्जिन आइल्यान्ड, बहमास, सामोआ, भानुआट, हङकङ, साइपन, केपभर्डे, क्रोसिया, ग्रेनाडा, थाइल्यान्ड, सिंगापुरलगायतका देशहरूको हालत के होला ? ती देशका सरकारको आम्दानी स्रोत कसरी जुट्ला र ती देशका जनताको घर–व्यवहार कसरी चल्ला ? अनि ती देशहरूको समग्र अर्थतन्त्र कसरी धानिएला ? प्रश्न त गम्भीर नै पो देखिन्छ है ! भलै ती देशका सरकार कसरी चल्छ ? र ती देशका जनता के खाएर बाँच्छन् ? भनी उनीहरूप्रति हामीले चासो लिइरहनुपर्ने विषयचाहिँ पक्कै होइन !
यसरी हेर्दा विश्व पर्यटनको वर्तमानको डाँवाडोल स्थितिले ल्याउने आर्थिक मन्दीको सहजै अनुमान गर्न सकिन्छ । अझ पछिल्लो पटक संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठन (यूएनडब्लूटीओ) ले प्रकाशित गरेको नयाँ तथ्यांकअनुसार सन् २०१९ को पहिलो पाँच महिना अवधिको तुलनामा सन् २०२० को पहिलो पाँच महिनामा विश्व पर्यटन उद्योगले ८० बिलियन अमेरिकी डलर आम्दानी गुमाएको छ भने विश्वव्यापी पर्यटन आगमन दरमा पनि गत सन् २०१९ को पहिलो पाँच महिनाको तुलनामा सन् २०२० को पहिलो महिनाको अवधिमा ५६-५८ प्रतिशतले कमी आएको छ । त्यस्तै, आगामी सेप्टेम्बर महिनासम्ममा विश्व पर्यटन आगमन दरमा ७० प्रतिशतले कमी आउने र सन् २०२० को अन्तिमतिर (डिसेम्बरमा) ७८÷८० प्रतिशतले कमी आउनेछ । बीचको समयमा अचानक कोरोनाको प्रभाव कम भइहालेमा पनि विश्वको बाह्य पर्यटनमा तत्कालै केही आशा गर्न सकिँदैन । त्यसैले यो वर्ष (सन् २०२०) विश्व पर्यटन उद्योग र विश्वका पर्यटन व्यवसायीहरूले पुर्पुरोमा हात राखेर बस्नुबाहेक अर्को विकल्प देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्