फिन्लीट नेपाललाई फाइनान्सियल इनोभेसन अवार्ड २०१७

फिन्लीट नेपालले फाइनान्सियल इनोभेसन अवार्ड २०१७ प्राप्त गरेका छ । बिहीबार फिन्लीट नेपालको प्रतिनिधीत्व गर्दै नेपालबाट प्रकाश कोइरालाले लन्डन इन्स्टिच्युट अफ बैंकिंग एण्ड फाइनान्स र यु के फाइनान्सबाट वित्तीय साक्षरतामा उत्कृस्ट र सराहनीय काम गरेको आधारमा फाइनान्सियल इनोभेसन अवार्ड २०१७ प्राप्त गरेका हुन् ।
३७६१ मध्य अन्तिम राउण्ड सम्म आइपुग्दा एचएसबिसि बैक, लोयड्स बैक, भर्जिन मनि जस्ता प्रतिष्ठीत बैंक तथा बित्तिय संस्थाको बिचमा प्रतिस्पर्धा चलिराखेको थियो ।
फिन्लीट नेपाल डिरेक्टर प्रकाश कोइरालाले ट्रफी र बेलायति पाउन्ड २५०० जितेका छन् । पुरस्कार सेक्योर टस्ट बैक को प्रमुख कर्येकारी निर्देशक र बीबीसी टेलिभिजन नेटवर्ककी क्याउडिया विंकलम्यानले प्रदान गरेका थिए्र । लन्डन इन्स्टिच्युट अफ बैंकिंग एण्ड फाइनान्स र यु के फाइनान्सले प्रत्येक वर्ष वित्तीय समावेशीकरणको क्षेत्रमा टेवा पुर्याउने विभिन्न संस्थालाईअवार्डको लागि निबेदन हाल्न आह्वान गर्ने गर्दछ्र । लन्डन इन्स्टिच्युट अफ बैंकिंग एण्ड फाइनान्स र यु के फाइनान्सको यो बर्षको पुरुस्कारसंगै फाइनान्सियल इनोभेसन अवार्ड को २० औं वर्षपार गरेको छ ।
फिन्लीट नेपालले नेपालमा विभिन्न बैंक तथा वित्तीय संस्था संग मिलेर वित्तीय साक्षरता अभिबृधि गर्न काम गरिराखेको छ्र । जनतालाई बैंक तथा वित्तीय संस्थाको सहयोगमा साना तथा मझौला ब्येबसाय गर्न सहयोग गर्दै तथा ग्रामीणक्षेत्रमा जनतालाई पैसाको मूल्य बुझाएर स्थानिय स्तरमा बाँडफाँड हुने बजेटमा जनतालाई भाग लिन सिकाइ पारदर्शिता र जबाफदेहीतामा जोड दिंदै आएको छ ।
अवार्ड पाएपछि प्रकाशले यस अवार्डले फिन्लीट नेपाललाई आझ हौसला र सहयोग प्रदान गर्ने हुनाले आगामी दिनमा अझै कटिबद्ध र वित्तीय साक्षरता अभिबृधि गर्न अनलाईन अफलाइन सामग्री तयार गरि नेपालको दूरदराज सम्म पुग्दै काम गर्न प्रेरणा मिलेको बताए ।