ज्योति विकास बैंकको नयाँ शाखा चितवनको पर्सामा

काठमाडौं- विकास बैंकले चितवनको पर्सामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । खैरहनी नगरपालिका–८ पर्सा बजारमा रहेको उक्त शाखा औपचारिक रुपमा प्रमुख अथिति खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरी तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काद्वारा एक कार्यक्रमकाबीच असार १३ गतेका दिन संयुक्त रूपमा उद्घाटन गरे । सो अवसरमा खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले आफ्नो नगरपालिकामा खुलेको यस विकास बैंकले सरल र सुलभ बैंकिङ सेवा प्रदान गर्नेमा आफू विश्वस्त रहेको बताए । साथै बैंकका अध्यक्ष हरिचन्द्र खड्काले ज्योति विकास बैंकले विपन्न परिवारका लागि लघुकर्जा सुरु गरेको र आफ्नो देशभरि रहेका शाखा कार्यालयहरू मार्पmत आधुनिक बैंकिङ सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताए भने बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले व्यावसायिक हिसाबले महत्वपूर्ण मानिने चितवनमा शाखा सञ्जाल विस्तार गर्ने क्रममा पर्सामा शाखा खोलेकोले ज्योति विकास बैंकमार्पmत कारोबार गरी सहयोग गर्न अनुरोध गरेको बैंकले जनाएको छ ।