जनता बैंकको बृहत् स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं-स्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ग्रामीण जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखी कार्य गरिरहेको जनता बैंक नेपालले पाणिनी गाउँपालिका, दुर्गाफाँट, अर्घाखाँचीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न गरिएको स्वास्थ्य शिविरको उद्घाटन पूर्व–उपप्रधानमन्त्री तथा प्रतिनिधिसभाका सांसद टोपबहादुर रायमाझीले गरेका थिए । बैंकका सञ्चालक लंकबहादुर केसीको सभापतित्वमा सम्पन्न शिविर उद्घाटन कार्यक्रममा रायमाझीले ग्रामिण भेगका जनताको स्वास्थ्यमा जनता बैंकले पुराएको सहयोग प्रतिहार्दिक आभार व्यक्त गरेक थिए ।
लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पतालका विशेषज्ञ चिकित्सकहरूको प्राविधिक सेवा रहेको स्वास्थ्य शिविरमा स्त्री तथा प्रसूति रोगसम्बन्धी र जनरल मेडिकल जाँच गरिएको थियो । करिब ३ सय जना विभिन्न उमेरका महिला तथा पुरुषहरूले स्वास्थ्य जाँच गराएको उक्त शिविरमा आवश्यक औषधि निःशुल्क वितरण गरिएको बैंकले जनाएको छ ।