जनता बैंकको भण्डारा शाखाबाट कारोबार सुरु «

जनता बैंकको भण्डारा शाखाबाट कारोबार सुरु

जनता बैंक नेपालले थप एक नयाँ शाखाबाट कारोबार सुरु गरेको छ । चितवन जिल्लाको राप्ती नगरपालिका–५ स्थित भण्डारा शाखाबाट कारोबार सुरु गरिएको बेकले जनाएको छ । पूर्व–पश्चिम राजमार्गमा रहेका स्थानीय उद्यमी, व्यापारी तथा राप्ती नगरपालिकाका जनताहरूले यस शाखाबाट अन्य शाखाहरूमाझै आधुनिक बैंकिङ सुविधा तथा रेमिट्यान्सको सुविधा लिन सक्ने भन्दै बैंकले पूर्व–पश्चिम राजमार्ग भएर ओहोरदोहोर ग्राहकहरूले यस शाखामार्फतथप सुविधा लिन सक्नेछन् भन्ने अपेक्षा लिएको जनाएको छ । यससँगै चितवन जिल्लामा मात्रै जनता बैंकको ८ वटा शाखा पुगेका छन् भने देश भरीमा गरी शाखा सञ्जाल १ सय १६ पुगेको पनि बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्