जनता बैंकका नयाँ ५ शाखाबाट कारोबार शुभारम्भ «

जनता बैंकका नयाँ ५ शाखाबाट कारोबार शुभारम्भ

शाखा विस्तारको निरन्तरतासँगै जनता बैंक नेपाल लिमिटेडको एकै साथ थप ५ शाखाबाट कारोबार सुरु गरिएको छ । कारोबार शुभारम्भ भएका नयाँशाखाहरू गोलबजार शाखा, गोलबजार नपा–४, सिराहा नौकुण्डशाखा, नौकुण्ड गापा–२, रसुवा दोरम्बाशाखा, दोरम्बागापा ३, रामेछाप तातोपानीशाखा, तातोपानी गापा ३, जुम्ला कालिकास्थान शाखा, कालिकागापा २, रसुवा छन् । यसमध्ये कालिका स्थान शाखा एक्स्टेनसन काउन्टरलाई स्तरोन्नत गरी शाखामा रूपान्तरण गरिएको हो भने बाँकी ४ शाखा नयाँ खोलिएका हुन् । यी शाखाहरूमार्फत स्थानीय उद्योगी, व्यापारी तथा सर्वसाधारणले सम्पूर्ण आधुनिक बैंकिङ सेवाप्राप्त गर्न सक्नेछन् ।
यससँगै जनता बैंक नेपाल लिमिटेडको शाखा सञ्जाल १ सय १५ पुगेको छ भने बैंकले ४० शाखारहित बैंकिङ, १सीमित बैंकिङ एकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटीएमबाट सेवा प्रदान गरिरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्