गण्डकी विकास बैंकको घोराही र पर्सा शाखाको औपचारिक उद्घाटन

गण्डकी विकास बैंकको मंगलबार दाङको घोराही शाखा र चितवनको पर्सा शाखाको औपचारिक उद्घाटन भएको छ । घोराही शाखाको उद्घाटन घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले एक समारोहकाबीच गरे । सो अवसरमा मेयर नरुलाल चौधरीले गण्डकी विकास बैंकलाई घोराहीमा स्वागत गर्न पाउँदा आफूलाई ज्यादै खुसी लागेको भन्दै घोराही आहिले विकासोन्मुख सहरका रूपमा रहेको र बैंक आउनु भनेको विकास आउनु हो भने । विशेष अतिथिको मन्तव्य राख्दै घोराही उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले गण्डकी विकास बैंकको उत्तरोत्तर प्रगतिको कामना गरे भने कार्यक्रममा स्वागत मन्तव्य राख्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बैंकले प्रदान गर्ने सेवा सुविधा, बैंकका गतिविधि र भावी कार्यक्रमबारे जानकारी गराए ।