Logo

किमलाई ट्रम्पको धम्कीः‘सुध्रनु नत्र बर्बाद गरिदिन्छु’

वासिङटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली शासक किम जोङ उनलाई फेरी धम्की दिएका छन् । यदी उत्तर कोरियासँग हुने ऐतिहासिक वार्ता सार्थक भएन भने आफुले फरक किसिमको कदम उठाउने धम्की दिएका छन् । उनले किम–ट्रम्पबीच हुने वार्ताप्रति देखिएको फरक अवस्थाप्रति चीन जिम्मेवार भएको पनि बताए । पत्रकारसँग भएको कुराकानीको समयमा ट्रम्पले यदी उत्तर कोरियाले परमाणु हतियार छोड्यो भने किम सत्ताम रहिरहने बताएका छन् । यदी यसो भएन भने किम र उत्तर कोरियालाई बर्बाद गरिदिने धम्की ट्रम्पले दिएका छन् ।
मंगलबार किमले ट्रम्पलाई धम्की दिँदै यदी अमेरिकाले एकतर्फी रुपमा परमाणु कार्यक्रम बन्द गर्ने दबाब दिएमा १२ जुनमा सिंगापुरमा हुने बैठकमा उपस्थित नहुने धम्की दिएका थिए । यसका अतिरिक्त उत्तर कोरियाले अमेरिका तथा दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्यासप्रति पनि कडा प्रतिक्रिाया जनाएको छ ।
किमको यस बयानको प्रतिउत्तर दिँदै ट्रम्पले यदी किम आफ्नो परमाणु हतियार त्याग्छन् भने उनलाई सुरक्षा प्रदान गर्नका लागि धेरै काम गरिने बताए ।
ट्रम्पले किमसँगको भेटघाटबाट हट्ने विषयमा उत्तर कोरियाकातर्फबाट कुनै पनि आधिकारिक बयान नआएको बताए । उनले भनेका छन्,“हाम्रो भेटघाटका लागि हाम्रा मानिसहरु वास्तवमै काम गरिरहेका छन् । त्यसैले अन्य मानिसले पढ्दै आएको समाचार झुट्टा हो ।”
ट्रम्पले उत्तर कोरियाको सामु दुई विकल्प भएको बताए । पहिलो आफ्नो परमाणु हतियार त्यागेर सत्तामै बसिरहने र दोस्रो लिबयिाका नेता मुअम्मर गद्दाफीको जस्तो दुर्दूशा खेप्नु ।

 

प्रतिक्रिया दिनुहोस्