एनआईसी एसिया बैंककोे घटमुना बजार, बाजुरामा शाखारहित बैंकिङ सेवा «

एनआईसी एसिया बैंककोे घटमुना बजार, बाजुरामा शाखारहित बैंकिङ सेवा

एनआईसी एसिया बैंकले यूकेएड एक्सेस टु फाइनान्स सक्षमसँगको सहकार्यमा बाजुरा जिल्ला गौमुल गाउँपालिकाको घटमुना बजारमा बैंकले सातांै शाखारहित बैंकिङ सेवा जेठ ३ गतेबाट सञ्चालनमा ल्याएको छ ।
सो शाखारहित बैंकिङ सेवाको उद्घाटन गौमुल गाउँपालिकाका अध्यक्ष हरि रोकायाले गरे । उक्त शाखारहित बैंकिङ सेवा सञ्चालनका लागि बैंकले प्रतिनिधिका रूपमा घटाल ब्रहादेव जनरल स्टोर (प्रोप्राइटरः कलकबहादुर रोकाया) लाई नियुक्त गरेको जनाएको छ । शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन् ।
साथै सो सेवाबाट बैंकिङ कारोबारका लागि स्थानीय बासिन्दालाई लामो दूरीसम्म हिँड्नु पर्ने बाध्यताको अन्त्य तथा ग्रामीण र दुर्गम क्षेत्रहरूमा बैंकिङ कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ । यस्तो सेवाबाट स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडीएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्