जनता बैंकको ३ दिने आँखा शिविर «

जनता बैंकको ३ दिने आँखा शिविर

संस्थागत सामाजिक उत्तरदायित्वमा जनताको ग्रामीण स्वास्थ्यलाई प्राथमिकतामा राखी कार्य गरिरहेको जनता बैंक नेपालले हालै लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा ३ दिने निःशुल्क बृहत् स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
गत शुक्रबार, शनिबार तथा आइतबार आँखाको निःशुल्क मोतीबिन्दु अपरेसन, महिलाको पाठेघरसँग सम्बन्धित रोग, नाँक/कान/घाँटी र सामान्य चिकित्सा सम्बन्धि स्वास्थ्य शिविर राखिएकोमा कुल १ हजार २ सय ९५ जनाले स्वास्थ्य परीक्षण गराएको बैंकले जनाएको छ ।
सोमध्ये ३० जना विरामीको शिविर स्थलमै मोतीबिन्दुको अपरेसन गरिएको थियो भने २९ जना महिलालाई पाठेघरसम्बन्धी अपरेसनका लागि अस्पतालमा सिफारिस गरिएको छ । उक्त अपरेसनमा जनता बैंकले आर्थिक सहयोग गर्नेछ । साथै ५ सय जनाभन्दा बढी आँखाको समस्या भएका व्यक्तिहरूलाई निःशुल्क चस्माका साथै सम्पूर्ण बिरामीहरूलाई आवश्यक औषधि वितरण गरिएको पनि बैंकले जनायो ।

 

प्रतिक्रिया दिनुहोस्