Logo

लेकसाइडमा एनआईसी एसियाको नयाँ शाखा

एनआईसी एसिया बैंकको नयाँ शाखा पोखरा लेखनाथ महानगरपालिका–६, पोखरा, कास्कीस्थित लेकसाइड शाखाको सोमबार एक समारोहकाबीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलबाट विधिवत् उद्घाटन भएको छ । समुद्घाटन समारोहमा बोल्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं राष्ट्र बैंकका प्रवक्ता पौडेलले सम्पूर्ण स्थानीय निकायहरूमा वाणिज्य बैंकहरूको शाखा कार्यालय खोल्ने नेपाल सरकार तथा नेपाल राष्ट्र बंैकको अभियानमा सव्यपूर्वक सहभागी भई ३३ वटा त्यस्ता स्थानीय निकायहरूमा शाखा कार्यालय खोल्ने प्रतिबद्धता जनाएकोमा एनआईसी एसिया बैंकको प्रशंसा गरे ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २ सय १० शाखा कार्यालय, २ सय एटीएम, ६ वटा एक्स्टेन्सन काउन्टर एवं ६ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको सहायक प्रमुख कार्यकारी अधिकृत (सूचना अधिकारी) सुधीर नाथ पाण्डेले बताए ।

 

प्रतिक्रिया दिनुहोस्