नयाँ बानेश्वरमा गण्डकी विकास बैंक शाखाको औपचारिक उद्घाटन

गण्डकी विकास बैंकको काठमाडौंस्थित नयाँ बानेश्वर शाखाको औपचारिक उद्घाटन बिहीबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले गरे । सो अवसरमा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले गण्डकी विकास बैंक एक सवल र सक्षम विकास बैंक भएको र सदैव उत्कृष्ट नतिजा हासिल गर्न सफल भएकोमा बैंक परिवारलाई हार्दिक बधाई दिँदै पछिल्ला दिनहरूमा बैंक तथा वित्तीय संस्थाहरूमा जोखिम बढ्दै गएकाले संस्थागत सुशासन, जोखिम व्यवस्थापन, तरलता तथा कर्मचारी तालिममा विशेष ध्यान दिनुपर्ने बताए ।
स्वागत मन्तव्य राख्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बैंकले प्रदान गर्ने सेवा सुविधा, बैंकका गतिविधि र भावी कार्यक्रमबारे जानकारी गराए । गण्डकी विकास बैंकका अध्यक्ष जगनबहादुर गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बैंकले उक्त शाखाबाट निक्षेप संकलन, सहज र सरल रूपमा कर्जा प्रवाहको साथै आधुुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोे पनि जनाए ।