जनता बैंक इलाम शाखाबाट कारोबार सुरु «

जनता बैंक इलाम शाखाबाट कारोबार सुरु

 जनता बैंक नेपालले बिहीबारदेखि इलाम शाखाबाट कारोबार सुरु गरेको छ । इलाम नगरपालिका–७ निकुञ्ज पथमा रहेको यो शाखा बैंकको १०८औं शाखा हो भन्दै बैंकले यस शाखाबाट पनि अन्य शाखाहरूमा झै आधुनिक बैंकिङ सेवाका साथै रेमिटेन्स सेवा र बैंकासुरेन्स सेवा लिन सकिने जनाएको छ । इलाम नगरपालिका तथा आसपासमा रहेका उद्यमी, व्यवसायी तथा सर्वसाधारणमा सहज बैंकिङ सेवा पुराउने पहल स्वरूप स्थापना गरिएको यस शाखाबाट ताप्लेजुङ शाखाका ग्राहकहरूका साथै यस पयर्टकीय क्षेत्रमा यात्रा गर्ने ग्राहकहरूले समेत थप सेवाप्राप्त गर्न सक्ने पनि बंैकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्